आज थप ९६८ जनामा कोरोना पुष्टि

   १९ आश्विन २०७८, मंगलवार १६:५८  

१९ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, विगत २४ घण्टामा थप १ हजार १ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ७ लाख ७१ हजार ३ सय ३८ जना निको भएका छन् ।

त्यसैगरी, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान गुमाएका छन् । योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार १ सय ८० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् ।