जुम्लामा भेडा गोठमा आगलागी हुँदा २५ पाठा जलेर नष्ट
journey fortech
१९ आश्विन २०७८, मंगलवार १४:१९
१९ असोज, रौतहट । जुम्लाको हिमा गाउँपालिका २ स्थित भेडा गोठमा आगलागी हुँदा २५ पाठा जलेर मरेका छन् ।
भेडा गोठमा सोमबार दिउँसो आगलागी हुँदा २५ पाठासहित भाँडाकुँडा र लत्ताकपडासमेत जलेर नष्ट भएको छ । करिब ४ हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकायासहित १२ जनाका पाठा रहेका स्थानीयवासी वीरबहादुर शाहीले जानकारी दिए ।
प्रदेश सरकार समक्ष किसान रोकायाले नयाँ पाठा अनुदान दिन माग समेत गरेका छन् ।