भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते
१९ असोज, रौतहट । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनमा परी पर्साको हरिनाथगंजका ३० वर्षीय लोकनाथ ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यपुर थिमि नगरपालिका ३ कौशलटारमा सोमबार गएराति ११ बजेति ना३२प ६६७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका ठाकुरलाई उपचारको लागि इन्टरनेशनल अस्पताल ल्याएपनि उपचारककै क्रमम मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीका अनुसार सोही मोटरसाइकलको पछाडि सवार वीरगञ्जका सियाराम सिंह गम्भीर घायते भएका छन् । उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । उनी नेपाल प्रहरीमा कार्यरत छन् ।