काठमाडौँ आइपुगे भारतीय कलाकारहरु
१९ असोज, रौतहट । सुरज बडजात्याले निर्देशन गरेका ‘उचाइ’ नामक फिल्म नेपालको मुस्ताङमा सुटिङ गर्नेका लागि भारतीय कलाकारहरु नेपाल आइपुगेका छन् ।
स्रोतका अनुसार भारतीय कलाकार परिणीति चोपडा, अनुपम खेर र बोमन इरानी आज काडमाडौँ पुगिसकेका हुन् । अनुपम खेरले मंगलबार बिहानै पशुपतिनाथ मनिदरमा पूजासमेत गरेका छन् ।
फिल्ममा अमिताभ बच्चनले पनि अभिनय गर्ने बताइएको छ । अमिताभ पनि नेपाल आउने भारतीय मिडियाहरूले जनाएका छन् ।