चक्कु प्रहार गरी छिमेकीको हत्या

   १९ आश्विन २०७८, मंगलवार ११:०२  

१९ असोज, रौतहट । इन्टरनेट राख्ने विषयमा सामान्य विवाद हुँदा बुढानिलकण्डमा चक्कु प्रहार गरी एक जनाको हत्या गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँको बुढानिलकण्डमा चक्कु प्रहार गरि मोरङ घर भएका ३० वर्षीय राज खड्काको हत्या गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशील सिंह राठौरले जानकारी दिए ।

बुढानिलकण्ड नगरपालिका ८ स्थित भंगालमा डेरामा बस्ने छिमेकी खड्कासंग इन्टनेटको विषयमा विवाद हुँदा ताप्लेजुङ घर भएका ३५ वर्षीय प्रदिप लिम्बुले उनीमाथि चक्कु हानेका थिए ।

घाइते खड्कालाई उपचारका लागि चुनिखेलस्थित करुण अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाए । आरोपी लिम्बुलाई पक्राउ गरि उनीमाथि घटनाबारे अनुसन्धान भइरहेको महानगरिय प्रहरीले जनाएको छ ।