बसको ठक्करबाट कैलालीमा पैदलयात्रीको मृत्यु
१९ असोज, रौतहट । बसको ठक्करबाट कैलालीमा एक पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको मोहना पुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका १३ राजपुरस्थित ना८ख २२४२ नम्बरको बसको ठक्करबाट दार्चुलाको खण्डेश्वरी घर भएका ४५ वर्षीय गणेश बर्मा सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका बर्मालाई उपचारका लागि धनगढीको माया मेट्रो अस्पतालमा ल्याएपनि उपचारकै क्रममा उनको मृत्यु भएको छ ।
ठक्कर दिने बस र कैलालीको भजनी नगरपालिका १ बस्ने चालक ३२ वर्षीय आशिष चौधरीलाई अत्तरियाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।