आजै मन्त्रिपरिषद विस्तार हुने सम्भावना: प्रचण्ड

   १८ आश्विन २०७८, सोमबार १४:०९  

१८ असोज, रौतहट । आजै मन्त्रिपरिषद विस्तार हुने सम्भावना रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेला सम्बोधन गर्दै प्रचण्डले बताएका हुन् ।

सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भएको र सपथ ग्रहण गराउने नभएपनि बाँकी विषयको छलफल टुंग्याउने प्रचण्डले बताए ।