इभिनिङ वाक गर्न निस्केकी महिला बलात्कृत
१८ असोज, रौतहट । इभिनिङ वाक गर्ने गएकी महिला बलात्कृत भएकी छन् ।
इटहरी उपमहानगरपालिका ८ भुर्कीमा यही असोज १५ गते (शुक्रबार)साँझ घरबाट निस्केकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । १५ गतेको नै घटना भएपनि जिल्ला प्रहरी कार्यालय सुनसरीले आज सार्वजनिक गर्दै इभिनिङ वाकमा निस्केकी ती महिलालाई शुक्रबार साँझ ५ बजेतिर ६ जना पुरुषले कुटपिट गरी जबरजस्ती करणी गरेको जानकारी दिए ।
प्रहरीका अनुसार बलात्कृत भएकी महिलाले लगाएकी २ तोला चार आनाको सुनको सिक्रि र तीन हजार नगद समेत लुटपाट गरिएको थियो । पीडित महिलाले प्रहरीमा दिएको उजुरीका आधारमा ५ जनालाई पक्राउ गरिएको छ । घटनामा संलग्न भई हाल फरार भएको एक आरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये चार जना नाबालक १८ वर्ष मुनिका नै रहेको प्रहरीले जनाएको छ । हिरासतमा रहेको उनीहरुमाथि घटनाबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।