स्रोत नखुलेको भारतीय नोटसहित इलामबाट एक पक्राउ
१८ असोज, रौतहट । इलामबाट ११ लाख भारतीय नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको सूर्याेदय नगरपालिका १० फिक्कल बस्ने ३५ वर्षीय अनुप अग्रवाललाई स्रोत नखुलेको उक्त रकमसहित हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रहरी चौकी हर्कटबाट खटिएको टोलीले सवारी चेक जाँच गर्ने क्रममा मे१च ६४२४ नम्बरको कार चेक गर्दा ११ लाख भारतीय नोट बरामद भएको थियो । बरामद भएको रकमको स्रोत नखुलेका कारण आइतबार अपरान्ह नै निजलाई उक्त रुपैयाँसहित पक्राउ गरिएको थियो ।
हिरासतमा रहेको अग्रवाललाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा पठाइएको प्रहरीले जनाएको छ ।