रुपन्देहीमा खुकुरी गरी एक जनाको हत्या, आरोपी पक्राउ
१८ असोज, रौतहट । खुकुरी प्रहार गरी रुपन्देहीमा एक जनाको हत्या भएको छ ।
जिल्लाको शुद्धोधन ३ बेतानीस्थित प्लाई उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहको खुकुरी प्रहारबाट नवलपरासी पश्चिमको सुस्ता ३ बस्ने अवधेश चमारको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार राति मदिरा सेवन गरी आपसमा विवाद गर्दै सिंहले चमारमाथि खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका अवधेश चमाललाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । थापाका अनुसार सिंहले खुकुरी अवधेशमाथि प्रहार गर्दा उनका बुवालाई समेत लागेको थियो ।
घाइते भएका उनका बुवा गोपिचन्दको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भइरहेको प्रहरीले जनाएको छ । आरोपी रवि सिंहलाई हिरासतमा लिई उनीमाथि यसबार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।