सर्पको टोकाइबाट महोत्तरीमा एक बालकको मृत्यु
१७ असोज, रौतहट । सर्पको टोकाइबाट महोत्तरीमा एक बालकको मृत्यु भएको छ ।
जिल्लाको गाउँपालिका २ अनैठामा बस्ने मदन रामका १३ वर्षीय छोरा आकाश रामलाई शनिबार राति सुतिरहेको अवस्थामा सपले टोकेको प्रहरीले जनाएको छ ।
सर्पको टोकाइबाट गम्भीर घाइते आकाशलाई उपचारको लागि धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याएको थियो ।
सो केन्द्रमा उपचार गरी घर फर्किदैँ गरेका बेला ती बालकको स्वास्थ्यस्थिती जटिल भएको कारण थप उपचारका लागि जलेश्वरमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जनाए ।