२६ सय किलो पटाकासहित गोठाटारबाट एक जना पक्राउ
१७ असोज, रौतहट । २६ सय किलो पटाकासहित काठमाडौँको गोठाटारबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त पटाकासहित सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर १ घर भई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठाटारका ३० वर्षीय कामेश्वरप्रसाद यादवलाई महानगरीय अपराध महाशाखाले हिरासतमा लिएको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
पटकपटक ल्याएर भण्डारण गरी लुकाई छिपाई राखेको गोप्य सूचनाका आधारमा खटिएको टोलीले उक्त पटाकासहित शनिबार राति यादवलाई पक्राउ गरिएको कोइरालाले जनाए ।
निजको साथबाट बरामद भएको पटाकाको मूल्य करिब २५ लाख रुपैयाँ बराबर रहेको महानगरीय प्रहरीले जनाएको छ ।
हिरासतमा रहेको उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।