७० वर्ष नाघेपछि उम्मेदवारी पदमा उठ्न नपाइने
१७ असोज, रौतहट । नेकपा एमालेको कार्यकारी पदमा ७० वर्ष नाघेपछि उम्मेदवारी दिन नपाउने भएको छ ।
कार्यकारी पदमा ममेर र हद निर्धारण गरिएको छ । एमाले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधिले प्रश्न उठाएपछि, कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष नाघेपछि उठ्न नपाइने उपमहासचिव विष्णु पौडेलले बताएका हुन् ।
कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष नपुग्दासम्म उही तहको कार्यकारी पदमा एउटा व्यक्ति दुई पटकभन्दा बढी कार्यकाल उम्मेदवार बन्न नपाउँने समेत पौडेलले बताए ।
तर, कुनै व्यक्ति कार्यकारी पदमा रहिरहेको बेला ७० वर्ष पुग्यो भने सो कार्यकालभरी पदमा रहिरहन्छ ।