सामान बिनानै सप्लायर्सलाई बिल भुक्तानी
१७ असोज, रौतहट । कोरोना महामारीका बेला रौतहटका स्थानीय तहले करोडौको खरिद गरेपनि सामान देखाउन सकेका छैनन् ।
जिल्लाका स्थानीय तहले करोडौको सामान खरिद गरेपनि महालेखाको प्रतिवेदन अनुसार ती समानहरु कहाँछन् भन्ने देखाउन सकेका छैनन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीकै आडमा स्थानीयहरुले अनियमितता गरेको समेत प्रतिवेदनले देखाएको छ ।
रौतहटका स्थानीय तहहरुले संक्रमितका लागि संचालन गरेका कोरेण्टाईन र आइसोलेसन वार्डहरुको लागि खरिद गरिएको सामाग्रीहरु बारेमा पनि स्थानीय तहहरु केही बोल्ल सकेका छैनन् । करोडौ रुपैयाँबाट खरिद गरिएका सामाग्रीहरु जिन्सी दाखिला तथा कुन प्रायोजनमा खर्च गरिएको छ, भने त्यस्तो कुनै किसिमको कागजातहरु समेत नभेटिएको महालेखाको प्रतिवेदनले देखाएको छ ।
कोभिड १९ को बेला रौतहटका स्थानीय तहहरुले गौरमा रहेका केही सप्लायर्सहरुबाट अधिकांश समानहरु खरिद गरेको थियो । स्थानीय तहहरुले करोडौ रुपैयाँको सामग्री खरिद गरेपनि तीमध्ये कतिपय सामग्री सप्लाई बिनानै बिल भुक्तानी गरिएको थियो ।
रौतहट जिल्लाका अधिकांश स्थानीय तहमा समान सप्लाई गर्ने गौरमा रहेको सन्तोष केशरी नामका व्यपारीको एलजी प्लाजा र रवी यादवको अर्चना ईलेक्ट्रेनिक्सबाट स्थानीय तहहरुले करोडौको सामान खरिद गरेका थिए । समान खरिद गरेको भुक्तानी बिल पेश गरेपनि समान देखाउन सकेका छैनन् ।
महालेखाको प्रतिवेदनका अनुसार रौतहटका अधिकांश स्थानीय तहमा सामग्री खरिद गरिएको बिल यी दुवै पसलको नाममा नै रहेको भएपनि सप्लाई गरेको समान स्थानीय तहमा देखिएको छैन् ।