पशुपतिनाथ क्षेत्रका साधुमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ
१६ असोज, रौतहट । काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रका एक साधुमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
यही असोज ११ गते (सोमबार) बिहान ५ः४५ बजेतिर नै एक अज्ञात व्यक्तिले माल निकाल भन्दा छैन् भनेपछि ३५ वर्षीय सन्तोष बाबामाथि खुकुरी प्रहार गरि भाग्न सफल भएका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले घटना पश्चात् फरार भएको चितवन घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई शुक्रबार नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय एसपी सुशील राठौरले जानकारी दिए ।
आरोपीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।