पिकअपको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

   १६ आश्विन २०७८, शनिबार १३:५८  

१६ असोज, रौतहट । झापामा पिकअपको ठक्करबाट छोरीको मृत्यु भएको छ भने आमासहित तीन जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको बाह्रदसी गाउँपालिका वडा नम्बर ५ घोडामारास्थित भित्री सडकखण्डमा मे१च २५४६ नम्बरको पिकअप अनियन्त्रित भई दुर्घटना हुँदा १५ वर्षीया आइसा पौडेलको मृत्यु भएको छ ।

बिहीबार साँझ घर अगाडि बाटोमा बसिरहेको बेला गाडीले ठक्कर दिदाँ घाइते भएका मृतकको आमासहित तीनै जनाको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उपचाररत आइसाको मृत्यु शुक्रबार भएको ईलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

ठक्कर दिने गाडीसहित चालकलाई नियन्त्रणमा लिई उनीमाथि अनुसन्धान भइरहेको छ ।