वृद्धालाई करणी गरेको आरोपमा एक जना पक्राउ
१६ असोज, रौतहट । उदयपुरबाट करणी आरोपमा एक जना पक्राउ परेका छन् ।
वृद्धालाई बजरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका ६ बस्ने ३० वर्षीय मुकेश विकलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यही असोज १४ गते (बिहीबार) विकले द्धारखोला जंगलमा ५९ वर्षीया महिलालाई बलात्कार गरेको भन्दैँ प्रहरीमा परेको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला अदातलबाट म्याद थप अनुमति लिई पक्राउ परेको आरोपीमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी बेद प्रसाद गौतमले जानकारी दिए ।