सवारी दुर्घटनामा परी चन्द्रपुरमा एक जनाको मृत्यु

   १६ आश्विन २०७८, शनिबार १२:३८  

१६ असोज, रौतहट । रौतहटको चन्द्रपुरमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम् राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुरमा भारतीय नम्बरको ट्रकको ठ्क्करबाट मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार गएराति ९ बजेतिर चन्द्रनिगाहपुरबाट जुडिवेला घर जानेक्रममा चाँदीपुल नजिकै युपि ३५ एटी ४२७३ नम्बरको भारतीय नम्बर ट्रकले ना ३५ प १८९३ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएको चन्द्रपुर नगरपालिका २ जुडिवेला बस्ने सोनालाल चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

ठक्कर ट्रकसहित चालकलाई नियन्त्रणमा लिई यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक चौधरी जनज्योती बहुमुखी क्याम्पसका पूर्व स्ववियु सहसचिव समेत थिए ।