वीरगञ्जबाट स्रोत नखुलेको रकमसहित तीन जना पक्राउ
१६ असोज, रौतहट । पर्साबाट स्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक लगाएत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको वीरगञ्जबाट भारत बिहार पूर्वी चम्पारण मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल, थाना कंगेली १ वसन्तपु बस्ने २५ वर्षीय विक्रम पटेल र पर्साको धोविनी गाउँपालिका ३ हरिहरपुर निवासी २३ वर्षीय बलिराम पटेललाई अवैध रकमसहित हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
हुण्डी कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी कार्यायबाट खटिएको टोलीले वीरगञ्ज २५ सिर्सियाँ छोटी भन्सार अगाडिबाट १५ लाख ५० हजार रुपैयाँसहित तीनै जनालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
ना ६० प ५९९८, ना ४१ प १०४८ र ना ६४ प ८३५९ नम्बरको मोटरसाइकलमा सवारी उनीहरुले लगाएको हेल्मेटभित्र उक्त रुपैयाँ राखिएको अवस्थामा बरामद गरिएको खनालले जनाए ।
पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।