थप १ हजार ६६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

   १५ आश्विन २०७८, शुक्रबार १७:०३  

१५ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार विगत २४ घण्टामा १० हजार १ सय १३ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ९८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, यो अवधिमा ३ हजार २ सय ५५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा जम्मा १ सय ६८ जनामा एन्टिजेन संक्रमण देखिएको छ ।

त्यसैगरी, बितेको २४ घण्टामा थप ९ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।