मकवानपुरबाट एकजना पक्राउ
१५ असोज, रौतहट । मकवानपुरबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागु औषधविनसाइरेक्ससहित पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका ५ निवासी २५ वर्षीय सोमबहादुर थोकर रहेको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले थोकरलाई हेटौंडाको चिल्ड्रेन पार्कबाट आज नियन्त्रणमा लिएको हो । निजको साथबाट विनसाइरेक्स १०० एमएल लेखिएको ४८ बोतल लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।