सुनसरीबाट खैरो हेरोइनसहित एक जना पक्राउ

   १५ आश्विन २०७८, शुक्रबार १५:१२  

१५ असोज, रौतहट । लागूऔषधसहित सुनसरीबाट एक जना पक्राउ परेका छन् ।

जिल्लाको कोशी गाउँपालिका १ स्थित लौकही बजारबाट सोही गाउँपालिका वडा नम्बर ५ बस्ने ३८ वर्षीय नईसाद अलि मियालाई खैरो हेरोइनुसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले सवारी चेक जाँच गर्ने क्रममा को.२७ प ३०८१ नम्बरको मोटरसाइकलमा सवार मियालाई रोकी चेक गर्दा खैरो हेरोइन बरामद गरेको थियो ।

मियाको साथबाट १ सय ६४ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनीमाथि यसबारे अनुसन्धान सुरु भएको छ ।