बागमती प्रदेशमा ६६ औँ प्रहरी दिवस मनाइँदै

   १५ आश्विन २०७८, शुक्रबार १३:४८  

१५ असोज, रौतहट । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

६६ औँ प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि हेटौंडा शाखासँगको समन्वयमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

आज परेको प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले विभिन्न किसिमको सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, गतिविधि संचालन, हेटौंडामा रहेका वृद्धाश्रमहरुमा फलफुल वितरण गर्ने लगायतका कार्यक्रम सञ्चालन गरेको छ ।

प्रदेश प्रहरी कार्यालय र बागमती प्रदेश अन्तर्गतका जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण, सशस्त्र प्रहरी गण रातोमाटेमा कार्यरत ७२ जना प्रहरी कर्मचारीहरुले रक्तदान समेत गरेका छन् ।

नेपाल प्रहरी स्थापनाको अवरमा हरेक बर्ष प्रहरी दिवस मनाईने गरिन्छ ।