सुर्खेतबाट १५ जुवाडे पक्राउ
१५ असोज, रौतहट । सुर्खेतबाट १५ जनालाई जुवाखालबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको गुर्भाकोट नगरपालिका ९ बोटेचौरस्थित रातो भाले कटेजबाट तास खेलिरहेको अवस्थामा सोही स्थानका २९ वर्षीय भानु कँडेलसहित १५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा प्रहरी चौकी मेहलकुना र अस्थाई प्रहरी पोष्ट बोटेचौरबाट खटिएको टोलीले बिहीबार गएराति उनीहरुलाई जुवाखालबाट २ लाख ३३ हजार ७ सय ३४ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको थियो ।