भेरी अस्पतालमा मेसुको जिम्मेवारी डा. वीरेन्द्रबहादुर चन्दलाई
journey fortech
१५ आश्विन २०७८, शुक्रबार १२:१९
१५ असोज, रौतहट । भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. वीरेन्द्रबहादुर चन्द नियुक्त भएका छन् ।
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत ११ औँ तहका डा. वीरेन्द्रबहादुर चन्द मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा नियुक्त भएका हुन् ।
स्वास्थ्य मन्त्रीस्तरीय निर्णयले कन्सलट्यान्ट रेडियोलोजिष्ट डा. चन्दलाई मेसुमा नियुक्त गरिएको छ ।
भेरी अस्पतालमा यसअघि डा. प्रकाश थापा मेसुमा कार्यरत थिए ।