बँदेलको मासुसहित सुनसरीबाट दुई जना पक्राउ
१५ असोज, रौतहट । सुनसरीबाट बँदेलको मासुसहित दुई जनालाई प्रहरीले हिरासतमा लिएको छ ।
जंगली बँदेलको मासुसहित पक्राउ पर्नेमा कोसी गाउँपालिका ६ बस्ने बिशे शर्मा र उदय मुखिया मलाह रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई बिहीबार नै इनरुवा ४ बसपार्क नजिकबाट स१प ९१७६ नम्बरको मोटरसाइकलमा लोड गरेको ३३ किलो बँदेलको मासुसहित पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार बँदेललाई टुक्रा-टुक्रा पारेर सेतो बोराभित्र प्याक गरि दुवै जना मासु बिक्री गर्न हिडेको बेला प्रहरीले उक्त मासुसहित उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेको दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।