पोखरीमा डुबेर बालिकाको मृत्यु
१५ भदौँ, रौतहट । बाराको सिम्रौनगढमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
सिम्रौनगढ नगरपालिका १ ढाटटोल बस्ने जितन मुखियाकी ६ वर्षीया छोरी सुमन कुमारी मुखियाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जितियाा पर्वमा बालिका बुधबार साँझ करिब ५ः३० बजेतिर आमा र अन्य महिलाहरुको समूहमा स्थानीय हेमचन्द्र कलवारको पोखरीमा नुहाउने पसेको बेला डुबेर बेहोस भएकी थिए ।
बेहोस भएकी ती बालिकालाई उनका आमा र अन्य महिलाले तत्कालै उपचारको लागि नगर अस्पलात सिम्रौनगढमा लैजादैँ गरेको अवस्थामा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।