ललितपुरबाट चेरससहित एक जना पक्राउ

   १४ आश्विन २०७८, बिहीबार १४:४९  

१४ असोज, रौतहट । लागूऔषधसहित ललितपुरबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको मिनभवनबाट एक जनालाई हङकङ पठाउन लागेको चरेससहित पक्राउ गरेको ब्यूरो प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । निजको साथबाट अन्दाजी करिब २ किलो ५०० ग्राम चेरस बरामद गरिएको छ । बरामद भएको चरेस कार्गोबाट हङकङ पठाउन लागेको प्रहरीले जनाएको छ ।

उनीमाथि यसबारे थप अनुसन्धान भइरहेको छ ।