सुनचाँदीको मूल्यमा सामान्य गिरावट
journey fortech
१४ आश्विन २०७८, बिहीबार १२:५४
१४ असोज, रौतहट । नेपाली बजारमा आजपनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोलामा ८८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, बिहीबार तेजाबी सुनको मूल्य तोलामा ८८ हजार २ सय ५० रूपैयाँ तोकिएको छ ।
त्यसैगरी, आज चाँदीको भाउ प्रतितोलामा १ हजार १ सय २० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि बुधबार चाँदीको मूल्यको कारोबार तोलामा १ हजार १ सय ५५ रुपैयाँमा भएको थियो ।