चट्याङ लागेर गुल्मीमा एकैटोलका ९ जना घाइते
१४ असोज, रौतहट । चट्याङ लागेर गुल्मीमा ९ जना घाइते भएका छन् । बुधबार राति चट्याङ लागेर घाइते भएका ९ जनामध्ये १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ३ को तोरीपाटा भन्ने ठाउँमा चट्याङले लागेर एकैटोलका ९ जना घाइते भएका हुन् ।
घाइते मध्ये ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने २ जनाको गुल्मी अस्पतालमा र गम्भीर घाइते भएका १ जनाको पाल्पामा अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।