माधव नेपाल अस्वस्थ
journey fortech
१४ आश्विन २०७८, बिहीबार ११:४०
१४ असोज, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएका कारण अस्पताल भर्ना भएका छन् ।
सामान्य ज्वरोसंगै शारीरिक कमजोरी महसुस भएका कारण माधव नेपाल आज बिहान करिब ७ बजेतिर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।
उनमा कोरोनासंगै मिल्दोजुल्दो लक्ष्ण देखिएकाले स्वाब सुंकलन गरी पीसीआर परीक्षण गरिने तयारी भएको अस्पताल स्रोतले जनाएको छ । हाल उनका स्वास्थ्य अवस्थामा सामान्य रहेको छ ।
ज्वरो र शारीरिक कमजोरीका कारण उनी अस्पतालमा उपचाररत छन् ।