बानेश्वर क्याम्पस नजिकैको खोलामा महिलाको शव फेला
१४ असोज, रौतहट । काठमाडौँको बानेश्वर क्याम्पस अगाडी आज एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् ।
बुधबार बिहान क्याम्पस नजिकै रहेको बाग्मती खोलाको पुलमुनि मृत अवस्थामा एक युवतीको शव भेटिएको प्रहरीले जनाएको छ । पुलमा शव देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
शव फेला परेको खबर पाए लगत्तै वृत्तको टोलीले घटनास्थलमा पुगी मृतक महिलालाई निकालेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको महानगरीय प्रहरी वृत वानेश्वरका प्रहरी नायव उपरीक्षक मिनबहादुर लामाले जानकारी दिए ।
यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।