त्रिभुवन विमानस्थलबाट सुनसहित दुई जना पक्राउ
१२ असोज, रौतहट । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार बुढानिलकण्ड नगरपालिका १२ बस्ने ४३ वर्षीय सन्तविर राई र भक्तपुर दुवाकोटका सिन्धुपाल्चोक चौराता साँगाचोकगढी नगरपालिका ७ निवासी ३३ वर्षीय समुन्द्र दंगाललाई अवैध सुनसहित पक्राउ गरिएको छ ।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा चेक जाँच गर्ने क्रममा १ सय ४९.५ ग्राम सुनसहित आइतबार नै उनीहरुलाई पक्राउ गरेको थियो ।
लुकाई छिपाई उक्त सुन लैजान लागेको अवस्थामा चेक गर्न क्रममा फेला परेको प्रहरीले जनाए । सुनसहित पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।