सुत्केरीको मृत्युपछि न्याय माग्दै आज मुख्यमन्त्री कार्यालयअगाडि प्रर्दशन

   १२ आश्विन २०७८, मंगलवार १४:०६  

१२ असोज, रौतहट । कैलालीको धनगढीस्थित नवजिवन अस्पतालमा सुत्केरीको मृत्यु डाक्टरहरुको लापरबाहीको कारण भएको भन्दैँ मृतकका लागि न्यायको माग गर्दौ विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

मृतक कल्पना सिंह मल्लका लागि न्याय माग गर्दाै आज सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)का विद्याथीहरु र उनका आफन्तहरुले मुख्यमन्त्री कार्यालय अगाडि नै विरोध प्रदर्शन गरेका हुन् ।

डाक्टरहरुकै लापरबाहीका कारण यही असोज १० गते (आइतबार) कल्पना सिंहको मृत्यु भएको थियो । मृतकको आफन्तका अनुसार करिब ६ः३५ बजेतिर ए नेगेटिभ रगत जुटाइदिन अस्पतालका डा. ले आग्रह गरेका थिए । तर, हामीलाई रगत जुटाउनको लागि भन्नु अघि नै सिंहको मृत्यु भइसकेको समेत उनीहरुको गुनासो रहेको छ ।

सुत्केरीको मृत्यु पश्चात् आफन्तहरुले अस्पतामा तनाव सिर्जना गरेका थिए । अस्पतालका महोल तनावग्रत भएका कारण कडा सुरक्षाको लागि व्यापक मात्रमा प्रहरी परिचालन समेत गरिएको थियो ।