नारायणी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

   १२ आश्विन २०७८, मंगलवार १३:२१  

१२ असोज, रौतहट । बारामा कोरोना संक्रमणको कारण एक किशोरको मृत्यु भएको छ ।

जिल्लाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितको सोमबार गएराति करिब ९ः४५ बजेतिर मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा उदय नारायण सिंहले जानकारी दिए ।

बाराको बिश्रामपुर गाउँपालिका छतवा बरैनिया बस्ने २० वर्षीय युवकलाई गत भदौँ ५ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसंगै उपचाररत ती किशोरको हिजो राति मृत्यु भएको सिंहले बताए ।