मुद्दा मिलाइदिन्छु भन्दैँ ठगी गर्ने अधिवक्ता पक्राउ

   १२ आश्विन २०७८, मंगलवार ११:१८  

१२ असोज, रौतहट । मुद्दा मिलाइदिन्छु भन्दैँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

थुनामा रहेको प्रतिवादी छुटाउन उनका आफन्तबाट रकम लिएको अभियोगमा कालिका नगरपालिका वडा नम्बर ५ पदमपुर निवासी ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अधिवक्ता देवकोटाले प्रहरीमा परेको जाहेरी मिलाई दिन्छु भन्दैँ आठ जनासंग जनही ३ लाख रुपैयाँ माग गरेका थिए । उक्त रकम माग गरेपछि भरतपुर महानगरपालिका ३ बस्ने ४१ वर्षीय राहुल गुप्ताले ठगी अभियोगमा उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । जाहेरीको आधारमा नै कानुनी व्यवसायी अधिवक्ता देवकोटालाई पक्राउ गरिएको छ ।

जिल्ला अदातलबाट म्याद थप अनुमति लिई उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।