रुपन्देहीमा ट्रकको ठक्करबाट आमा-छोराको मृत्यु

   १२ आश्विन २०७८, मंगलवार १०:४६  

१२ असोज, रौतहट । रुपन्देहीमा सवारी दुर्घटनामा परी आमा र छोराको मृत्यु भएको छ ।

जिल्लाको सैनामैना नगरपालिका ५ स्थित पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत आज बिहान भएको दुर्घटनामा परी अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालका अनुसार मंगलबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना८ख ४४११ नम्बरको ट्रकले दुवै पैदल यात्रालाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गरेको अवस्थामा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।