नेपालमा थपिए १ हजार २८२ संक्रमित

   ११ आश्विन २०७८, सोमबार १६:४५  

११ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १५ हजार ४ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ हजार २ सय ८८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, बितेको २४ घण्टामा थप १ हजार २ सय ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण यो अवधिमा थप ७ जनाले ज्यान गुमाएका छन् । योसंगै हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार १ सय ३ पुगेको स्वास्थ्य मनत्रालयले जनाएको छ ।

हाल नेपालमा १८ हजार ८ सय ४८ कोरोना संक्रमित उपचाररत छन् ।