सप्तरीमा करेन्ट लागेर एक किशोरको मृत्यु

   ११ आश्विन २०७८, सोमबार १५:०५  

११ असोज, रौतहट । सप्तरीमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको खडक नगरपालिका वडा नम्बर २ बेल्हामा जितिया सम्बन्धी कार्यक्रमका लागि हर्न जोडने क्रममा करेन्ट लागेर स्थानीय २२ वर्षीय दिपेन्द्र मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएको मण्डललाई उपचारका लागि सिरहा लहान लैजाँदै गरेको अवस्थामा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।