बारास्थित तीनवटा पसलमा आगलागी

   ११ आश्विन २०७८, सोमबार १३:१५  

११ असोज, रौतहट । बाराको महागढीमाई नगरपालिका १ बरियारपुर स्थित पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

बरियारपुर बजारस्थित तीन वटा पसलमा आज बिहान करिब १ः२० बजेतिर आगलागी हुँदा करिब २ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीमा विश्वनाथ कुशवाहाको सागर मोबाईल सेन्टरमा ब्याट्री इन्भर्टर दुई थान, मोबाइल, ल्यापटप र बुफर गरी १ लाख ५ हजार रुपैयाँ बराबरको क्षति भएको छ, भने जितेन्द्र कुशवाहाको टिभी पसलमा राखिएको पंखा, टिभी सात वटा, दुई थान एलसीडी र एक थान एलईडी गरी ९५ हजार र उपेन्द्रको मोटरसाइकल, टिभी र मोटर गरी ४० हजार मूल्य बराबरको सामान जलेर नष्ट भएको अछ ।

उपेन्द्रकुमार गुप्ताको टायलले छाएको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जनाए ।

यसबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।