सवारी दुर्घटनामा एक जनाको मृत्यु

   ११ आश्विन २०७८, सोमबार १३:०९  

११ असोज, रौतहट । झापामा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु हुँदा स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रदेश नम्बर–०३–००१क ००९५ नम्बरको टिपरले को.२च २६३२ नम्बरको हाथी गाडीलाई ठक्कर दिदाँ दमक ९ बस्ने चालक अन्दाजी वर्षीय नेत्र खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार माईधारमा ट्राफिकको चेकिङमा ‘स्लो’ गर्ने क्रममा उक्त गाडीलाई टिपरले ठक्कर दिएको थियो । ट्राफिकले गलत ठाउँमा चेकिङ गरेको भन्दै स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीयले अवरुद्ध गरेको सडक हाल खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।