नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

   ११ आश्विन २०७८, सोमबार १३:०४  

११ असोज, रौतहट । पार्टी कार्यालय पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

सोमबार बसेको बैठकमा सरकारका काम र पार्टीको आन्तरिक जीवनको विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने छलफल भएको थियो । तर, गत असार २० गते नै प्रधानमन्त्री बनेका कांग्रसका सभापति शेरबहादुर देउवाले अझै पनि मन्त्रिपरिषद विस्तार गर्न सकेको छैन् ।

प्रधानमन्त्री देउवालाई नेताहरुले मन्त्रीहरुको नामावली छिटो दिनलाई आग्रह समेत गरेका थिए ।