बाँकेस्थित भेरी अस्पतालमा दुई संक्रमितको मृत्यु

   १० आश्विन २०७८, आईतवार १४:५५  

१० असोज, रौतहट । भेरी अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा बर्दियाको एक पुरुष र बाँकेकै एक युवकको कोरोनाका कारण ज्यान गएको हो ।

बर्दियाको बारबर्दिया नगरपालिका ४ बस्ने ७२ वर्षीय वृद्धको शनिबार राति करिब ९ः३० बजेतिर उपचारकै क्रममा मृत्यु भएको बाँकेको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । उनमा गत भदौँ ३० गते कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, सोही अस्पतालमा उपचाररत बाँकेको कोहलपुर नगरपालिका ५ निवासी २२ वर्षीय एक किशोरको पनि शनिबार गएराति १ः३० बजेतिर मृत्यु भएको थियो ।

ओलीका अनुसार ती युवकमा यही असोज ४ गते कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको थियो ।