निर्घात कुटपिटबाट श्रीमतीको हत्या, श्रीमान् पक्राउ
१० असोज, रौतहट । कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा बाँकेमा एक जना पक्राउ परेका छन् ।
बाँकेको कोहलपुर नगरपालिका ३ भगरीया निवासी ३४ वर्षीय प्रकाश न्यौपानेलाई आफ्नै पत्नीको हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
श्रीमान्को निर्घात कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मी न्यौपानेलाई मेडिकल कलेज कोहलपुरमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको सूचना लगत्तै खटिएको टोलीले आरोपी प्रकाशलाई शनिबार राति नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेको उनीमाथि घटनाबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।