ढलमा खसेर बेपत्ता भएको बालकको शव फेला
१० असोज, रौतहट । काठमाडौँको कपनको ढलमा खसेर बेपत्ता भएको बालकको शव फेला परेको छ ।
यही असोज ४ गते कपनको मिलनचोकबाट ढलमा खसेर हराएको १० वर्षीय उज्जवल विश्वकर्मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक बालकको शव ललितपुरको बागमती गाउँपालिका १ स्थित घरसेलमा भेटिएको ललितपुरकी प्रमुख प्रहरी किरण बज्रचार्यले जानकारी दिए । घुसलस्थित बागमतीको किनारमा फेला परेको विश्वकर्माको अनुहार चिन्न नसकिएपनि कपडाबाट परिवारले पहिचान गरेको बज्रचार्यले बताइन् । नदी किनारबाट मुल सडकसम्म ल्याउनमा करिब २ घण्टा समय लागेको थियो ।
मृतक बालकको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा ल्याएको छ ।