सुत्केरीको मृत्युपछि नवजीवन अस्पताल तनावग्रस्त

   १० आश्विन २०७८, आईतवार ११:०८  

१० असोज, रौतहट । डा.को लापरबाहीका कारण सुत्केरीको मृत्यु भएकोले धनगढीको नवजीवन अस्पताल तनाव ग्रस्त भएको छ ।

आइतबार बिहान डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्युपछि, उनका आफन्तले अस्पतालसंग मेडिकल रिपोर्ट माग गर्दाै अस्पतालमा तनाव सिर्जना गरेको छ ।

मृतकको आफन्तका अनुसार आज बिहान करिब ६ः३५ बजेतिर ए नेगेटिभ रगत जुटाइदिन अस्पतालका डा। ले आग्रह गरेका थिए । तर, हामीलाई रगत जुटाउनको लागि भन्नु अघि नै सिंहको मृत्यु भइसकेको उनका ससुरा लोकेन्द्र मल्लले बताए । सुत्केरी सिंहको मृत्यु डा. को लापरबाहीकै कारण भएको भन्दैँ लापबाही गर्नेमाथि कारबाहीको माग समेत उनका आफन्तले गरेका छन् ।

अस्पतालको महोल्ल तनावग्रस्त भएका कारण हाल अस्पतालमा प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।