सुनसरीमा छुरा प्रहार गरी एक जनाको हत्या
९ असोज, रौतहट । घरायसी विवादका कारण सुनसरीमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका ३ सुनौलो टोल बस्ने २१ वर्षीय राजु थापामाथि शुक्रबार अपराह्न उनकै छिमेकी ६२ वर्षीय देवीप्रसाद अधिकारीले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
अधिकारीले निजको छातीमा गरेको छुरा प्रहारबाट गम्भीर घाइते भएको उनलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउन साथै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आरोपी अधिकारीलाई नियन्त्रणमा लिई यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।