मकवानपुरमा गाँजाको विरुवा नष्ट
९ असोज, रौतहट । मकवानपुरमा गाँजाको ३ हजार विरुवा प्रहरीले नष्ट गरेको छ ।
गोप्य सूचनाका आधारमा प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको टोलीले शुक्रबार दिउँसो ३ः४५ बजेतिर करिब ३ हजार लागूऔषध गाँजाको विरुवा नष्ट गरेको छ ।
राक्सिराङ गाउँपालिका झिल्किनीबाट पलासेतर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले गाँजाको विरुवा फालेको प्रहरीले जनाएको छ ।
यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।