रौतहटमा अवैध मदिरा प्रहरीद्वारा नष्ट
journey fortech
९ आश्विन २०७८, शनिबार ११:१४
९ असोज, रौतहट । अवैध घरेलु मदिरा रौतहट प्रहरीद्वारा नष्ट गरिएको छ ।
चन्द्रपुर गौर सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा बरामद भएको उक्त घरेलु मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रशासन कार्यालय,गरुडा नगरपालिकाका,आन्तरिक राजस्व चन्द्रपुरका प्रतिनिधि, पत्रकार तथा जनप्रतिनिधिको रोहवरमा प्रहरी कार्यालय छेउमा ३०० लिटर मदिरा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।