आज थप १ हजार ४७६ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

   ८ आश्विन २०७८, शुक्रबार १६:५७  

८ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १५ हजार ६ सय ९० जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ हजार ४ सय ७६ जनामा संक्रमण देखिएको छ ।

यस्तै, बितेको २४ घण्टामा थप १ हजार ५ सय ५० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो अवधिमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण थप ९ जनाले ज्यान गुमाएका छज् ।

हाल नेपालमा २० हजार २ सय ८७ कोरोना संक्रमित उपचाररत रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।